विरोधपत्र बुझाउन एमाले कार्यकर्ता जिल्ला प्रशासन कार्यालय ललितपुरमा
राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध पार्टीले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाउने कार्यक्रम गरेका छन्।
यसक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयमा एमाले कार्यकर्ताहरू र्यालीसहित पुगेका छन्। उनीहरू हाल कार्यालय अगाडि ओलीको पक्राउको विरोधमा प्रदर्शन गरिरहेका छन्।
एमाले कार्यकर्ताहरूले हिजोदेखि नै आन्दोलन सुरु गरेका छन्। शनिबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा पनि उनीहरूले प्रदर्शन गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
