ताप्लेजुङको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
समाचार
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन्।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू गत फागुन ८ गते ‘घर जान्छु’ भनी हिँडेका थिए। तर, लामो समयसम्म सम्पर्कमा नआएपछि चैत १ गते उनका खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो।
खोजीकै क्रममा आइतबार फक्ताङलुङ गाउँपालिका–२ स्थित मेथेन खोलमा लिम्बू सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए।
घटनास्थलमा अनुसन्धानका क्रममा मृतकको बाँया हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
