`

तय भयो पार्वतीको प्रदर्शन मिति

Nepal One HD १६ चैत २०८२ १६:३७
चलचित्र

काठमाडौं । अभिनेत्री नीता ढुङ्गाना को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पार्वती’ले छायांकनअघि नै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ।

निर्माण टिमका अनुसार फिल्म चैत २४ गतेबाट छायांकनमा जानेछ भने आगामी भदौ १२ गते प्रदर्शन गर्ने तयारी गरिएको छ। निर्देशकसमेत रहेकी ढुङ्गानाले वितरकसँगको समन्वयमा रिलिज मिति तय गरिएको जानकारी दिएकी छन्।

फिल्ममा नीता ढुङ्गाना स्वयं मुख्य भूमिकामा देखिनेछिन्। उनका साथमा दीपा श्री निरौला, अशोक दर्जी सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट लेखन शिवम अधिकारी ले गरेका हुन्। सुदीप बराल डिओपी रहेको यस परियोजनामा सरोज अधिकारी क्रियटिभ निर्देशकको भूमिकामा रहनेछन्। उनी पहिलो पटक यस भूमिकामा काम गर्न लागेका हुन्।

फिल्म ‘पार्वती’ले छायांकनअघि नै प्रदर्शन मिति घोषणा गरेपछि यसको तयारीलाई निर्माण टिमले तीव्र बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *