`

जीप दुर्घटनामा दुईजनाको मृत्यु

Nepal One HD १७ चैत २०८२ १२:३५
समाचार

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मंगलबार बिहान शैल्यशिखर नगरपालिका-४ स्थित ओशिल क्षेत्रमा भित्री सडक खण्डमा सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार दुर्घटनामा शैल्यशिखर नगरपालिका–१ का ४५ वर्षीय भरत तितरा र मालिकार्जुन गाउँपालिका–७ की ३५ वर्षीया मनीषा पालको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा घटनास्थलबाट उद्धार गरिएका उनीहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ काँडापारीका २२ वर्षीय चालक प्रकाश ठगुन्ना, २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाडाकोटका ४५ वर्षीय मिनबहादुर पाल रहेका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *