पहिलो दिन मै हर्क साम्पाङको एमसीसी खारेजको माग
राजनीति
काठमाडौं । श्रम तथा संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले भने, ‘म यहाँ व्यक्तिगत भावना व्यक्त गर्न होइन, वर्तमान र भविष्यका जनताको आवश्यकताबारे कुरा गर्न चाहन्छु। देशको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिलाई संरक्षण गर्न तथा सैन्य रणनीतिक उद्देश्यका लागि सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्ने हाम्रो माग हो।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
