सांसद आलेमगरको गर्जन : विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता होस्’ (भिडियो)
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। आलेमगरले राष्ट्रिय सभा बैठकमा बोल्दै सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गरेका हुन्।
उनले भने, ‘राजनीतिक बहुदकिया व्यवस्थामा विचारका आधारमा विभिन्न दलहरु गठन हुन्छन्। ति दखारू संग विभिन्न संगठनहरुपनि आवद्व हुन सक्छन्। यो बिल्कुल लोकतान्त्रीक कुरा हो। यो लोकतान्त्रीक अभ्यास यो। यो कुनै गैरकानुनी,असंवैधानिक,आपत्तिजनक कुरा हैन।’
उनले तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराए। सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरे।
उनले भने, ‘यो सरकारले विद्यार्थी संगठनमाथी लगाएको प्रतिबन्ध तत्काल फिर्ता गरिनुपर्छ। सरकारको यो निर्णयले कहिँ तानाशाही निरङ्कुश पंचायती व्यवस्था जसलाई नेपाली जनताले ३६ वर्ष अगाडी आर्यघाटमा सेलाएका थिए। त्यो व्यवस्थाको पुनरागमन भएको त हैन ? यो लिकतान्त्रीक व्यवस्था हो भन्ने मलाई लाग्छ। तसर्थ, विद्यार्थी संगठनमाथी प्रतिवन्ध लगाउने निर्णय सरकारले तुरुन्त खारेज गरोस्।’
सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्नेमा समेत चेतावनी दिए।
