`

बालेनले मन्त्रिपरिषद् विस्तार गर्दै, गाैरी र रामजी मन्त्री बन्दै

Nepal One HD २७ चैत २०८२ १४:०६
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार उनले दुई जनालाई मन्त्री नियुक्त गर्ने भएका छन्।

यसअघि हिजो मात्रै प्रधानमन्त्री शाहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए। अब मन्त्री बन्ने सूचीमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन्। रामजी यादवलाई श्रम मन्त्रालय र गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए।

रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *