`

नयाँ मन्त्रीहरुले आजै सपथ ग्रहण गर्ने

Nepal One HD २७ चैत २०८२ १४:४६
प्रमुख खबर

काठमाडौं । शुक्रबार मन्त्री नियुक्त हुन लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आजै आयोजना हुने तयारी छ। तर राष्ट्रपति कार्यालयले भने शपथको समय अझै तय नभएको जनाएको छ।

यसअघि हिजो मात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *