`

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

Nepal One HD २७ चैत २०८२ १८:२२
निर्वाचन

काठमाडौं। उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

संघीय प्रतिनिधिसभाको उपसभामुख पदमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी हुन्।

आज भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा उनी उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी २ सय १५ मत ल्याएर विजयी भएकी हुन्। संसदमा आज जम्मा उपस्थित सांसदको संख्या २ सय ५७ थियो। 

उनीसँगै उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी थिइन्। उनले जम्मा ५ मत ल्याइन्। 

रुबी श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *