`

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबादमा

Nepal One HD २८ चैत २०८२ १२:३३
प्रमुख खबर

काठमाडौं।इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ। बीबीसीका अनुसार उनी सवार ‘एयर फोर्स टू’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ।

२१ वर्षपछि पहिलो पटक कुनै अमेरिकी उपराष्ट्रपतिले पाकिस्तान भ्रमण गरेका हुन्। यसअघि सन् २००५ मा तत्कालीन उपराष्ट्रपति डिक चेनेले पाकिस्तानको भ्रमण गरेका थिए।

इस्लामाबादमा हुने वार्ताका लागि जेडी भान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टेभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जरेद कुश्नर पनि सहभागी छन्।

यसैबीच, इरानी संसदका अध्यक्ष मोहम्मद बाघिर घालीबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल भने यसअघि नै इस्लामाबाद पुगिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *