मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक विमोचन
काठमाडाैं। कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरु’ पुस्तकको विमोचन गरिएको छ ।
शनिवार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्माकथा ‘संङ्घर्षका पानाहरु’को विमोचन गरिएको हो ।
पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताए । मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उहाँको जीवन बितेको उनको भनाई छ ।
उनले स्वच्छ छवि र सरल जीवनशैलीको रुपमा मानन्धरलाई स्मरण गरे । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिष्ट आन्दोनल र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उनको भनाई छ ।
उनले यो पुस्तकले मानन्धरलाई सदा जीवित राख्ने बताए । उनले मानन्धरको जीवनशैली वर्तमान राजनितिक परिथितिमा अत्यन्तै आवश्यक र उदाहरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कानूनविद् निलाम्बर आचार्य, पूर्वमन्त्री गणेश शाह लगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई पव्लिकेशनले बजारमा ल्याएको हो ।
