प्रधानमन्त्री बालेन विश्वका १०० सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा
काठमाडौं । टाइम म्याजिनले प्रकाशन गरेको विश्वभरका १०० सर्वाधिक प्रभावशाली व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) परेका छन्।
हिप-हप कलाकारबाट राजनीतिमा प्रवेश गरी काठमाडौं महानगरपालिकाको मेयर हुँदै देशको प्रधानमन्त्रीसम्मको उनको यात्रा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय बनेको छ।
उनको उदयलाई म्याजिनले दक्षिण एसियाली परम्परागत राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गरेको छ । विशेषगरी युवापुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनाले उनलाई नेतृत्वमा पुर्याएको बताइन्छ।
मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, सार्वजनिक सेवा सुधार र प्रशासनिक सुधारमा देखाएको सक्रियतालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत उल्लेख गरिएको छ । तर, वास्तवमा उनीबाट यी काम पूरा भएनन् ।
सूचीमा समावेश भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा भइरहेको छ। समर्थकहरूले यसलाई नेपालको लागि गौरवको क्षण बताएका छन् भने आलोचकहरूले अब उनको वास्तविक परीक्षा राष्ट्रिय शासनमा रहेको टिप्पणी गरेका छन्।

