`

पारिजात सम्मान २०८२ बाट को-को सम्मानित ?

Nepal One HD ६ वैशाख २०८३ १३:५७
प्रमुख खबर

काठमाडौं।  ‘पारिजात सम्मान २०८२’ अन्तर्गत चार जना स्रष्टा सम्मानित भएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गरिएको हो।

‘पारिजात सृजन सम्मान’ साहित्यकार नवीन विभासलाई प्रदान गरिएको छ। त्यस्तै ‘पारिजात बालसाहित्य सम्मान’ रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान’ गीतकार तथा संस्कृतिकर्मी शरद पौडेल र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ राजनीतिक अभियन्ता देवी खड्कालाई प्रदान गरिएको छ।

उनीहरूलाई जनही २५ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित स्रष्टा नवीन विभास समसामयिक राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित साहित्य लेखनका लागि परिचित छन्। रामबाबु सुवेदी बालसाहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। शरद पौडेल साहित्य, संगीत र नाट्य क्षेत्रमा सक्रिय छन् भने देवी खड्का महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा संघर्षरत अभियन्ता हुन्।

कार्यक्रममा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। सो अवसरमा ‘वेदना’ पत्रिकाको लोकार्पण पनि गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *