`

म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने

Nepal One HD १७ वैशाख २०८३ २२:३६
विश्व

याङ्गुन। सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने भएको छ ।म्यान्माको जुन्ता प्रमुखबाट राष्ट्रपति बनेका मिन आङ ह्लाइङले अपदस्थ नेतृ सुकीको सजाय कटौती गर्दै उहाँलाई तोकिएको घरमा नजरबन्दमा राख्न बिहीबार आदेश दिनुभएको हो ।

मिन आङ ह्लाइङको कार्यालयले जारी गरेको वक्तव्यमा ८० वर्षीया सुकीको बाँकी सजाय कटौती गरिएको उल्लेख गरिएको छ ।

उहाँलाई कहाँ सारिनेछ भन्ने तत्काल स्पष्ट भएको छैन । उहाँको विघटन गरिएको नेशनल लिग फर डेमोक्रेसी पार्टीका एक वरिष्ठ नेताले एएफपीलाई दिएको जानकारीमा नेतृ सुकीलाई राजधानी नेपिडोमा कुनै स्थानमा राखिने बताउनुभएको छ ।

सुरक्षाको कारण बताउँदै नाम नबताउने सर्तमा उहाँले भन्नुभयो, “हामीलाई थाहा छैन कि नेतृ सुकीलाई राख्नेस्थान ठ्याक्कै कहाँ हुनेछ ।”

मिन आङ ह्लाइङले सैन्य प्रमुखको रूपमा सुकीको बिरूद्ध ‘सैन्य विद्रोह’को नेतृत्व गर्नुभएको थियो, जसले देशमा पाँच बर्षदेखि गृहयुद्ध भएको छ ।

सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी पार्टी पार्टीसहितका विपक्षी दलले बहिस्कार गरेको कडा नियन्त्रित निर्वाचनपछि यसै महिनादेखि ह्लाइङले म्यानमारको निर्वाचित राष्ट्रपतिका रूपमा शपथ लिनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *