`

लामिछानेको नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ घोषणा

Nepal One HD २० वैशाख २०८३ १४:५१
चलचित्र

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ नेपाली फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माण गर्ने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो।

लभस्टोरी विधामा निर्माण हुने यस फिल्ममा भुवन केसी, जितु नेपाल र रियान गिरी मुख्य भूमिकामा देखिने भएका छन्। साथै नवनायिका प्रतिमा थापा पनि फिल्मको प्रमुख कलाकारका रूपमा रहने बताइएको छ।

निर्देशक लामिछानेले पछिल्लो समय लभस्टोरी फिल्महरूको निर्माण घट्दै गएको भन्दै आफू यही विधाप्रति आकर्षित भएर नयाँ फिल्म बनाउन लागेको जानकारी दिए।

अभिनेता रियान गिरीले यसअघि फिल्म ‘होस्टल ३’ मार्फत अभिनय यात्रा सुरु गरेका थिए। युवा पुस्तामाझ उनी पछिल्लो समय लोकप्रिय बन्दै गएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *