गोपी हमालको ४४ लाख तलब सामाजिक सेवामा खर्च
समाचार
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो पारिश्रमिक तथा सेवा सुविधाबाट प्राप्त हुने सम्पूर्ण रकम सामाजिक सेवामा खर्च गर्ने गरेका छन्।
मेयरमा निर्वाचित भएपछि सेवा-सुविधा नलिने घोषणा गरेका उनले कानुनअनुसार खातामा जम्मा हुँदै आएको रकम पुनः समाजकै हितमा प्रयोग गरेका हुन्।
चार वर्षको अवधिमा उनले पारिश्रमिक र सुविधा बापत ३८ लाख ८२ हजार ८३२ रुपैयाँ प्राप्त गरेका थिए। उक्त रकममा उनले आफ्नो तर्फबाट ५ लाख १७ हजार रुपैयाँ थपेर कुल ४४ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने तयारी सचिवालयले जनाएको छ।
यससँगै मेयर हमालले सार्वजनिक पदमा बसेपछि आम सर्वसाधारणका लागि काम गर्ने प्रतिबद्धता व्यवहारमै देखाएको टिप्पणी गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
