`

चितवनमा विवाहको भोज खाँदा ९३ जना बिरामी, ५० जना विभिन्न अस्पतालमा उपचाररत

Nepal One HD २७ वैशाख २०८३ १८:१६
जीवनशैली/स्वास्थ्य

चितवनको भरतपुरमा विवाहको भोज खाँदा ९३ जना बिरामी परेका छन् । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई ९३ जना बिरामी परेका हुन् । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेको र बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी जानकारी गराएका छन् ।

घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *