`

पौडेल र शर्मासहित गगन पुगे सुर्खेत

Nepal One HD २८ वैशाख २०८३ १२:२९
नेपाली कांग्रेस

सुर्खेत। नेपाली कांग्रेसले  सोमबार कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ। सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो।

जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदेशस्तरीय भेलाको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम तय भएको छ। मध्यान्ह १२ बजेर ३५ मिनेटमा सुरू हुने कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुने छन्।

कांग्रेसले यसअघि २६ र २७ वैशाखमा कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो। ३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा तथा ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न हुने जनाइएको छ।

त्यसैगरी मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा तथा लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *