`

एकैदिन १५६ जनाको ‘डायलासिस’

Nepal One HD २८ वैशाख २०८३ १३:३३
जीवनशैली/स्वास्थ्य

काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना बिरामीले हेमोडायलासिस सेवा लिएका छन्।

केन्द्रले सार्वजनिक गरेको वैशाख २७ गतेको दैनिक विवरणअनुसार नियमित, आकस्मिक तथा विशेष हेमोडायलासिस सेवा सञ्चालन गरिएको हो।

विवरणअनुसार नियमित हेमोडायलासिसतर्फ बिहान र बेलुका ४२–४२ जना तथा लेट इभिनिङ र राति ३६–३६ जना गरी कुल १५६ जनाले सेवा लिएका छन्।

त्यस्तै आकस्मिक हेमोडायलासिस सेवा ५ जना बिरामीलाई प्रदान गरिएको छ भने विशेष हेमोडायलासिसअन्तर्गत सेरोपोजिटिभ बिरामीका लागि १५ वटा सत्र सञ्चालन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रको इन्पेसियन्ट वार्डतर्फ कुल ६३ शय्यामा ५२ शय्या भरिएका छन् भने ११ शय्या खाली रहेका छन्। सबैभन्दा बढी बिरामी नेफ्रोलोजी वार्डमा रहेका छन्, जहाँ सबै १२ शय्या भरिएका छन्।

त्यस्तै प्रि–ट्रान्सप्लान्ट वार्डमा ११ जना, ट्रान्सप्लान्ट आईसीयूमा ५ जना तथा पोस्ट ट्रान्सप्लान्ट वार्डमा ८ जना बिरामी भर्ना रहेका छन्।

रेडियोलोजी सेवातर्फ एकैदिन १७ वटा एक्स–रे गरिएको छ भने प्रयोगशालातर्फ ३१२ वटा परीक्षण सम्पन्न भएका छन्। तीमध्ये हेमाटोलोजीका ११३, बायोकेमिस्ट्रीका ११३, इम्युनोलोजीका ३३ र माइक्रोबायोलोजीका १९ वटा परीक्षण रहेका छन्।

केन्द्रले उक्त अवधिमा कुनै पनि वार्डमा मृत्यु नभएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *