`

४४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nepal One HD २९ वैशाख २०८३ ११:३१
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः चार हजार चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *