एमाले संसदीय दलका नेता ‘बादल’ले पद्मा अर्याललाई गरे उपनेता नियुक्त
नेकपा एमाले
काठमाडौं। नेकपा एमालेले संसदीय दल उपनेताको जिम्मेवारीमा पद्माकुमारी अर्याललाई मनोनीत गरेको छ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव अर्याललाई संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ले उपनेता नियुक्त गरेका हुन्।
प्रमुख सचेतक ऐन महरका अनुसार पार्टी संसदीय दलको विधानअनुसार दल नेताले उपनेता तोक्ने व्यवस्था भएकाले सोही प्रावधानअनुसार निर्णय गरिएको हो।
यसअघि एमालेले प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निता घतानीलाई मनोनीत गरिसकेको छ।
प्रतिनिधि सभामा एमालेका २५ जना सांसद रहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
