देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको अध्ययन गरेर नीति बनाउन ओलीको जोड
नेकपा एमाले
काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन्।
पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उनले कृषि, अर्थतन्त्र, पूर्वाधार र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताए।
ओलीले जनताको जीवनस्तर सुधार, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक तथा सामाजिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले अनुसन्धानबिनाको नीति मनोगत हुने भन्दै नागरिक, बुद्धिजीवी र विषयविज्ञसँग परामर्श गरेर नीति निर्माण गर्नुपर्ने बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
