स्थानीय र प्रदेश निर्वाचनमा विचार मिल्ने दलसँग तालमेल गर्ने एमालेको तयारी
नेकपा एमाले
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने विषयमा भएको सहमति सकारात्मक रहेको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले सहमतिसँग सम्बन्धित प्राविधिक प्रक्रिया छिटो टुङ्ग्याएर हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरे।
त्यस्तै, उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताए। तर, कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय भइनसकेको उनको भनाइ छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
