इन्भेष्टमेण्ट मेगा बैंकका सिईओ पाण्डे पक्राउ
अर्थ समाचार
काठमाडौं। सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख एआईजी डा. मनोज केसीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।
अनुसन्धानका क्रममा उक्त बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको खुलेको छ ।
यस विषयमा अनुसन्धानको माग गर्दै चार्टर्ड एकाउण्टेण्ट (सिए) भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मुद्दाको अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्ने कार्यमा प्राइम बैंकको समेत मिलेमतो देखिएको सिआईबी स्रोतले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
