`

नेट बनाउने क्रममा थापाको करेन्ट लागेर मृत्यु

Nepal One HD ३१ वैशाख २०८३ १७:४३
विज्ञान-प्रविधि

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-३ मदवास्थित ससुराली घरमा बस्दै आएका पाल्पा घर भएका ३२ वर्षीय लेखु थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

पञ्चकन्या जेबिएम केबुल नेट चन्द्रौटामा कार्यरत थापा सोही नगरपालिका–३ खरेन्द्रपुर निवासी प्रेम नारायण खनालको घरमा इन्टरनेट नेट बनाउने क्रममा बिहीबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *