करेन्ट र लाली चाउचाउ तुरुन्त बजारबाट फिर्ता गर्न आदेश
अर्थ समाचार
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले यशोधा फुड्स प्रालि द्वारा उत्पादित दुई ब्रान्डका खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
विभागका अनुसार १०० ग्रामको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउ मा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार ‘एक्स्ट्र्याक्टेड फ्याटको एसिड भ्यालु’ नपाइएको पाइएको हो ।
त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
