`

गुप्तचर विभाग प्रधानमन्त्री बालेनको मातहतमा ?

Nepal One HD १ जेठ २०८३ ११:२२
राजनीति

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागलाई सरकारले पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारित गरेको ‘नेपाल सरकार कार्यसम्पादन नियमावली, २०८३’ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिएको हो ।

राजपत्रमा प्रकाशित प्रधानमन्त्री कार्यालयका ४८ वटा कार्यक्षेत्रमध्ये राष्ट्रिय अनुसन्धान विभागलाई २८ नम्बरमा समावेश गरिएको छ । यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारले उक्त विभागलाई गृह मन्त्रालय मातहत राखेको थियो ।

यसअघि २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग लाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो । त्यसबेला शक्ति केन्द्रीकरण भएको भन्दै सरकारको व्यापक आलोचना समेत भएको थियो ।

पछिल्लो निर्णयसँगै गुप्तचर संयन्त्र पुनः प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयअन्तर्गत सञ्चालन हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *