प्रधानाध्यापक रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर
अर्थ समाचार
काठमाडौं। कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदासलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।
अदालतले रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गर्न तथा सोही बराबरको जरिवाना तिराउन आदेश दिएको छ । साथै उनलाई ६ महिनाको कैद सजाय पनि सुनाइएको छ ।
त्यस्तै अदालतले अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा दाखिला गर्नुपर्ने ठहरसमेत गरेको छ ।
विद्यार्थीका लागि उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति तथा शिक्षकको सामाजिक सुरक्षा कर शीर्षकअन्तर्गतको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
