जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु
जीवनशैली/स्वास्थ्य
चितवन। चितवनमा जंगली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ। भने एक जना बालिका गम्भीर अवस्थामा उपचाररत छिन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार इच्छाकामना गाउँपालिका–१ कुलबाङका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो।
नमुनाको जेठ १ गते मृत्यु भएको थियो भने सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच सदस्यले जंगली च्याउ सेवन गरेका थिए। च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए र जेठ १ गते तीन जनालाई उपचारका लागि भरतपुर अस्पताल भर्ना गरिएको थियो।
उपचाररतमध्ये १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनको अहिले भरतपुर अस्पतालमा उपचार जारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
