बमको धम्कीपछि एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण
विश्व
एजेन्सी। बम राखिएको धम्की आएपछि जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्ली आउँदै गरेको एयर इन्डियाको विमानलाई जयपुर विमानस्थलमा डाइभर्ट गरिएको छ।
विमान जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उडान नम्बर एआई २०३० लाई सम्भावित अपहरणको धम्की आएपछि सुरक्षा सतर्कता अपनाइएको थियो। त्यसपछि विमानलाई निर्धारित गन्तव्य दिल्ली पुर्याउनुको सट्टा जयपुरमा अवतरण गराइएको हो।
विमान अवतरणपछि सुरक्षा अधिकारीहरू विमानस्थल पुगेका छन्। विमानमा कुनै शंकास्पद वस्तु रहेनरहेको पत्ता लगाउन सुरक्षा जाँच गरिएको जनाइएको छ।
धम्कीको प्रकृति, त्यसको स्रोत र घटनासँग सम्बन्धित अन्य विवरणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
