`

सभामुखको अगाडि उभिएर हर्क साम्पाङसहितले देखाए पर्चा

Nepal One HD ४ जेठ २०८३ ११:१७
बिशेष

काठमाडौं । संसद् बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर पर्चा देखाउँदै विरोध गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाउँदै विरोध गरेका थिए ।

यसप्रति सभामुख डीपी अर्यालले गम्भीर आपत्ती जनाउँदै विरोधको यस्तो शैली आगामी दिनमा नअपनाउने निर्देशन दिए ।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन नआएपछि आलोचना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *