`

‘सिंहदरबारको सानो हिस्सा बनाउन अनुमति दिनुहोस्,हामी श्रमदान गरेर बनाउने छौँ।’

Nepal One HD ४ जेठ २०८३ १४:४६
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको एउटा भवन श्रमदानमार्फत पुनर्निर्माण गर्न आफूहरू तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंहदरबारभित्र जलेका भवनमध्ये कुनै एक भवनको सानो हिस्सा आफ्नो पार्टीलाई बनाउन दिन सरकारसँग अनुमति माग गरे।

उनले भने, ‘जेनजी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्। हामी श्रमदान गरेर बनाउने छौँ।’

साम्पाङले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न पनि आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *