`

प्रतिपक्षी सांसदको प्रश्न -‘केन्द्रीय सरकार खै ?’

Nepal One HD ५ जेठ २०८३ १३:२१
राजनीति

काठमाडौं। प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकार जनतासँग जोडिन नसकेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले ‘केन्द्रीय सरकार कहाँ छ ?’ भन्दै प्रश्न उठाएका हुन् ।

उनले गत चैतमा भोजपुरमा आएको हावाहुरीका कारण ६५ घर र ८ विद्यालयका छाना उडेको भए पनि हालसम्म राहत नपुगेको बताए ।

‘केन्द्रीय सरकार खै ? चैतमा हावाहुरीले भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ,’ उनले भने, ‘आजसम्म पनि ती घरहरूमा कुनै राहत पुगेको छैन । त्यस्तै ८ वटा विद्यालयका छाना उडाएको छ, तर सरकार मौन छ ।’

सांसद राईले पीडित नागरिकको आवाज सरकारले नसुनेको भन्दै तत्काल राहत तथा पुनर्निर्माणमा ध्यान दिन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *