`

बाल अधिकार परिषद् खारेज निर्णय फिर्ता लिन सांसद इन्दिरा रानाको माग

Nepal One HD ७ जेठ २०८३ १३:१२
प्रमुख खबर

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले गरेको भनिएको उक्त निर्णयप्रति पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

सांसद रानामगरले बालबालिकाको हक, हित र संरक्षणका लागि कुनै वैकल्पिक व्यवस्था नगरी परिषद् खारेज गर्नु गम्भीर त्रुटि भएको टिप्पणी गरिन् ।

उनले बालबालिकाको संरक्षण राज्यको संवेदनशील जिम्मेवारी भएको भन्दै सरकारलाई यस विषयमा गम्भीर भएर आवश्यक कदम चाल्न आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *