श्रम संस्कृतिले गर्यो सदन बहिष्कार
राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।
आफ्ना मागहरूको सम्बोधन नगरी सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही पेलेरै अघि बढाएको आरोप लगाउँदै पार्टीले बैठक बहिष्कार गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै लगातार विरोध गर्दै आएको श्रम संस्कृति पार्टीले बिहीबारको बैठकमा पनि विरोध जनाएको थियो ।
तर सभामुखले विपक्षी दलहरूको नाराबाजीबीच नै विधेयकहरू अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसद बैठकबाट बाहिरिएका हुन् ।
अन्य प्रतिपक्षी दलका सांसदहरूले भने संसद्मा नाराबाजी जारी राखेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
