`

चिकित्सकले सेवा बन्द गरेपछि सेवाग्राहीको नाराबाजी

Nepal One HD ८ जेठ २०८३ १८:१४
जीवनशैली/स्वास्थ्य

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकहरूले सेवा बन्द गर्दै पेनडाउन गरेपछि सेवाग्राही प्रभावित भएका छन् ।

टाढाटाढाबाट उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्तले सेवा अवरुद्ध भएपछि अस्पताल प्रशासन र चिकित्सकविरुद्ध नाराबाजी गरेका छन् ।

हिजो बिहीबार एक सुत्केरीको शल्यक्रियापछि मृत्यु भएको घटनापछि अस्पताल प्रशासनले संलग्न दुई चिकित्सकलाई निलम्बन गरेपछि चिकित्सकहरूले आज पेनडाउन गरेका हुन् ।

सुत्केरी अञ्जिना यादवको मृत्यु भएपछि मृतकका परिवारले दोषी चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन गरेका थिए । त्यसपछि उपचारमा संलग्न चिकित्सकद्वय डा. धीरज कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो ।

उक्त निर्णयको विरोधमा चिकित्सकहरूले सेवा बन्द गरेपछि अस्पतालको नियमित उपचार सेवा प्रभावित भएको छ । यसले गर्दा सेवाग्राही थप समस्यामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *