`

हर्क साम्पाङलाई ‘श्रम पिता’ भन्दै,ब्यानरमा तस्बिर अनिवार्य राख्न निर्देशन

Nepal One HD १२ जेठ २०८३ १३:५६
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका सबै कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ ।

पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पार्टी मातहतका सबै समितिलाई यस्तो निर्देशन दिएका हुन् ।

जारी पत्रमा पार्टीका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने कार्यक्रमका ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ।’

पत्रमा अध्यक्ष साम्पाङलाई ‘श्रम पिता’ का रूपमा उल्लेख गरिएको छ । पार्टीको निर्देशनसँगै अब सबै तहका कार्यक्रमहरूमा अध्यक्षको तस्बिर प्रयोग अनिवार्य हुने स्पष्ट गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *