`

लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान

Nepal One HD २१ जेठ २०८३ १९:३५
विश्व

तेहरान। सम्झौताका लागि लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले अघि सारेको एक प्रमुख शर्त रहेको तेहरानले जनाएको छ ।

इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको ‘इस्लामिक रिभोलुसनरी गार्डस्’ को विदेशी शाखा कुद्स फोर्सका प्रमुखले बिहीबार बताउनुभएको हो ।

इजरायलले लेबनानमा तेहरानको सहयोगी हेजबुल्लाहविरूद्ध हवाइ कारबाही चलाइरहेको छ भने इरानमा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमण भएदेखि नै हेजबुल्लाह समूहले इरानको समर्थनमा इजरायलमाथि पटक पटक आक्रमण गर्दै आएको छ ।

“लेबनानमा प्रतिरोधलाई समर्थन गर्नु हामी सबैको कर्तव्य हो र यस क्षेत्रबाट इजरायललाई हटाउनु मुसलमानहरूको लागि एक साध्य लक्ष्य हो,” रिभोलुसनरी गार्डस् ’को विदेशी शाखाका प्रमुख इस्माइल कानीले इरानी सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भन्नुभयो ।

“प्रतिरोधको न्यूनतम माग भनेको इरानमा ४० दिने युद्ध सुरु हुनुभन्दा पहिले लेबनानमा रहेको स्थितिमा इजरायललाई फर्कन सहमत गराउनु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *