फिन इलेक्ट्रो–टेक २०२६’ भृकुटीमण्डपमा सुरु [तस्वीरहरू]
अर्थ समाचार
काठमाडौं। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ।
नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन्।
जेठ २५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीलाई नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मेला मानिन्छ। आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधिको प्रदर्शन गर्दै व्यवसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका अवसर सिर्जना गर्नेछ।
नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको प्रदर्शनीमा ऊर्जा तथा विद्युतीय क्षेत्रका अत्याधुनिक प्रविधि र सेवाहरू प्रदर्शित गरिएको छ।
साथै, उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था र उपभोक्ताबीच ज्ञान तथा अनुभव आदान–प्रदानको महत्वपूर्ण मञ्चका रूपमा प्रदर्शनी स्थापित भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट











