`

आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, लगानी सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सहभागी हुने

Nepal One HD ३१ जेठ २०८३ ७:१९
प्रमुख खबर

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । मन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्ने जनाइएको छ।

मन्त्री खनालले चीनमा रहँदा आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै भ्रमणकै क्रममा मन्त्री खनालले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्। उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनी आगामी असार ३ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *