`

शुभविवाह : प्रदीप खड्काको जोडी को बन्छ ?

Nepal One HD ४ असार २०८३ १३:१५
चलचित्र

काठमाडौं । निर्देशक सुदर्शन थापाले नयाँ फिल्म ‘शुभविवाह’ निर्माण गर्ने तयारी अघि बढाएका छन्। फिल्मका लागि अभिनेता प्रदीप खड्का यसअघि नै अनुबन्धित भइसकेका छन्।

थापाले आफ्नो नयाँ फिल्म प्रियादर्शन फिल्म्स ब्यानरमार्फत निर्माण गर्न लागेका हुन्। ‘शुभविवाह’ मा प्रदीप खड्का प्रमुख भूमिकामा देखिने पक्का भए पनि उनको जोडी बन्ने अभिनेत्री भने अझै फाइनल भइसकेको छैन।

फिल्मका लागि अभिनेत्री स्वस्तिमा खड्का र सनिषा भट्टराईलगायतसँग प्रारम्भिक छलफल भएको चर्चा छ। तर निर्माण पक्षले अहिलेसम्म आधिकारिक रूपमा कुनै अभिनेत्रीको नाम घोषणा गरेको छैन।

निर्देशक थापाका अनुसार फिल्ममा दुलहीको भूमिकालाई विशेष र दमदार बनाइएकाले उपयुक्त कलाकार चयनमा समय लागेको हो। उनी सही कलाकार छनोटपछि मात्र औपचारिक घोषणा गर्ने तयारीमा छन्।

प्रदीप खड्काको जोडी तय भएपछि फिल्म छायांकनमा जाने तयारी छ। यद्यपि, ‘शुभविवाह’ मा प्रदीपकी दुलही को बन्छिन् भन्ने प्रश्नमा अहिले सबैको ध्यान केन्द्रित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *