बन्दसत्र अघि रवि-बालेन के गर्दैछन् छलफल ?
प्रमुख खबर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि शीर्ष नेतृत्वबीच महत्वपूर्ण छलफल भएको छ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच सोमबार बिहान रिसोर्टमा छलफल भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार दुवै नेता चितवनको लटौली-स्याङ्चुरी रिसोर्टमा बिहानैदेखि पार्टीको नेतृत्व चयन, संगठनात्मक संरचना तथा आगामी रणनीतिसम्बन्धी विषयमा छलफलमा जुटेका थिए।
बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका तय भए पनि शीर्ष नेताबीचको छलफल लम्बिँदा कार्यक्रम समयमै सुरु हुन नसकेको हो। यस कारण महाधिवेशन स्थलमा पुगेका प्रतिनिधिहरू केही समय प्रतीक्षामा बसेका छन्।
पार्टीका आन्तरिक संरचना, नेतृत्व व्यवस्थापन र समसामयिक राजनीतिक एजेन्डाबारे छलफल केन्द्रित रहेको बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
