बन्दसत्र सुरु नभएपछि, महाधिवेशनमा देखिन थाले यस्ता दृश्य
फोटोफिचर
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन बिहान ८ः३० बजे सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।
महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने कार्य पूरा नभएकाले बन्दसत्र ढिलाइ भएको हो। करिब दिउँसोसम्म पनि कार्यक्रम सुरु हुन नसकेको जनाइएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र पुनः रुजु गर्ने काम जारी रहेको नेताहरूले बताएका छन्। यही कारण महाधिवेशनको औपचारिक प्रक्रिया प्रभावित भएको हो।
बन्दसत्र सुरु हुन नसकेपछि प्रदर्शनी हलभित्र उपस्थित पदाधिकारी तथा प्रतिनिधिहरू प्रतीक्षामा बसेका छन्।
चर्को गर्मीका कारण हलभित्र धेरै प्रतिनिधिहरू सुस्ताएर बसिरहेको देखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको












