`

बन्दसत्र सुरु : रवि उपस्थित,बालेन गायब

Nepal One HD ९ असार २०८३ १५:३५
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

उद्घाटन सत्र आइतबार सम्पन्न भए पनि प्रतिनिधिसम्बन्धी विवादका कारण बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेको थिएन।

पार्टीभित्र देखिएको विवाद समाधान गरेपछि मंगलबार बन्दसत्रको औपचारिक प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूको उपस्थितिबीच विभिन्न प्रतिवेदनमाथि छलफल र संगठनात्मक निर्णयका प्रक्रिया अगाडि बढ्ने कार्यक्रम रहेको छ।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने सहभागी भएका छन्। तर, वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) भने अहिलेसम्म महाधिवेशनस्थलमा उपस्थित भएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *