`

प्रचण्ड, माधव विराटनगर पुगे शेखर भेट्न

Nepal One HD १२ असार २०८३ ११:४५
नेपाली कांग्रेस

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।

तीन नेताबीच वर्तमान राजनीतिक परिवेश, दलहरूबीचको सम्बन्ध र राष्ट्रिय सरोकारका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *