`

पुजाको ‘रत्यौली’ फागुन २१ मा हल हलमा

Nepal One HD १५ असार २०८३ १०:५६
चलचित्र

काठमाडौं । नायिका पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘रत्यौली’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले फिल्म आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउने जनाएको छ।

सुरज आचार्यको निर्माणमा बन्न लागेको यस चलचित्रको निर्देशन मुस्कान ढकालले गर्नेछन्। फिल्ममा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रको छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक तथा सांस्कृतिक कथावस्तुमा आधारित ‘रत्यौली’को हाल प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *