सेयर बजार सुधारका लागि व्यवसायीसँग प्रधानमन्त्रीको छलफल
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा पुँजी बजार तथा धितोपत्र व्यवसायसँग सम्बन्धित सरोकारवाला निकाय र व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकारले आवश्यक पहल गरिरहेको बताए।
उनले व्यवसायीका जायज मागबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक निर्णय अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा सहभागी सेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्रीले समस्या समाधानका लागि नयाँ समिति गठन गर्नुभन्दा सम्बन्धित निकायहरूले तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
