`

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

Nepal One HD ९ साउन २०८३ २१:०८
समाचार

झापा। झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको शरीर तलासी लिने क्रममा प्लास्टिकसहित सात ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक छ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ ।

घटनामा प्रयोग भएको प्र १–०१–०१३ प ५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका जबेगुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *