`

सरकारसँग सातबुँदे सहमति भएपछि डा. गोविन्द केसीले तोडे अनशन

Nepal One HD ११ साउन २०८३ २१:५७
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सरकारसँग सातबुँदे सहमति भएपछि डा। गोविन्द केसीले आफ्नो अनशन अन्त्य गरेका छन् ।

विभिन्न माग राख्दै गत बिहीबारदेखि कैलालीको धनगढीमा अनशनरत केसीसँग सोमबार सरकारको वार्ता टोलीले सातबुँदे सहमति गरेको हो। सहमतिपछि उनले सोमबार साँझ अनशन तोडेका हुन् ।

डा। केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो। त्यसपछि भएका चरणबद्ध वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *