`

आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

Nepal One HD १२ साउन २०८३ ७:०८
जीवनशैली/स्वास्थ्य

काठमाडौं – वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरिनेछ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता र दोषीमाथि कडा कारबाहीको माग गर्दै संघले विरोधस्वरूप सेवा बन्दको निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *